
काठमाडौं, २० असोज । नेपाली मौलिक पर्व दशैंलाई मध्यनजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ‘निधारमा टीका’ गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपालीहरुको महान पर्वसम्बन्धी गीतमा चर्चा एवं परिचर्चा गरिएको छ । गीतमा बावुल गिरीको शब्द तथा संगीत छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नका लागि आग्रह गरेर गीत निर्माण गरिएको छ ।
रोशन लुईटेलको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ‘निधारमा टीका’ गीतमा सिम्रन पन्त, मनिष निरौला, दिपिका थापा, विकाश शर्मा, रिया श्रेष्ठ, राजु चौधरी, बविता गोले, अनुप खत्री, सन्तोष लामा, अनुप जिम्वाको अभिनय रहेको छ ।
‘निधारमा टीका’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
भिडियो हेर्नुहोस्–















प्रतिक्रिया