१ कार्तिक २०८३, आइतबार

सुन्दरको अभिनयमा ‘श्रद्धाञ्जली’ सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० असोज । चितवने युवा नेता सुन्दर डल्लाकोटीले दोश्रो पटक अभियन गरेको नयाँ मार्मिक भिडियो रिलिज भएको छ ।

यसअघि ‘माइतीको देशैमा’ बोलको निकै मौलिक र मार्मिक परिवेशमा तीज गीतमा उनले अभिनय गरेका थिए । जसका कारण उनको अभिनयको सबै ती चर्चा सुरु भएको थियो । नयाँ गीत श्रद्धाञ्जली सार्वजनिक भएसँगै विशुद्ध नेपाली मौलिकता गीतमा पहिलो पटक अभिनय गर्दा भन्दा यो पटक थप उत्साहित छु सुन्दर डल्लाकोटीले भने, ‘मेरो नयाँ परिचय थपिने छ ।’

गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतमा सुनिल मास्केको संगीत रहेको छ । गीतको लेखन अर्जुनरत्ना भिकारीले गरेका हुन् । गीत ओराएस डिजिटलको युट्यूव च्यानलबाट सार्वजनिक गरेको हो । पञ्चामृत अल्बम नाम दिइएको गीतको बोल तिम्रा ति झुटा मायाका यादहरू केही त लिएर जाउ पछी भेट होला नहोला आजै श्रद्धाञ्जली दिएर जाउ लगायत रहेको छ ।

डल्लाकोटीले स्वर्गीय हजुरबुबा नरबहादुर डल्लाकोटी प्रति गीत समर्पित गरेका छन् । डल्लाकोटी पूर्व जनमुक्ति सेना समेत हुन् । गीतको छायांकन लकडाउनकैबीच चितवनको विभिन्न रमणीय स्थलहरुमा गरिएको थियो । विशेषगरी प्रेममा विछोडको पीडालाई सम्बोधन गर्न खोजेको उक्त भिडियोको निर्देशन अनुराग ठकुरीले गरेका छन् भने भिडियो एरेन्ज प्रदिप श्रेष्ठले गरेका छन् ।

मोडल सुन्दर डल्लाकोटीको यो दोस्रो गीत हो ।

चितवनका युवा कलाकार सुन्दर डल्लाकोटी, इन्दु र लेखनाथको अभिनय रहेको यस म्युजिक भिडियो अनुराग ठकुरीको निर्देशन र म्यूजिक भिडियोको छायांकन सुरज खनालले गरेका हुन् ।

हेर्नुहोस् भिडियो–