१ कार्तिक २०८३, आइतबार

माल्दिभ्सका पूर्वउपराष्ट्रपति अदिबलाई २० वर्षको कारावास सजाय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माले, २० असोज । माल्दिभ्सको एक अदालतले त्यहाँका पूर्व उपराष्ट्रपति अहमद अदिबलाई २० वर्षको कारावास सजाय सुनाएको छ ।

होटेल विकासका लागि टापु भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा अदालतले २० वर्षको कारावास सजाय सुनाएको हो । यसैगरी अदालतले ३८ वर्षीय अदिबलाई १ लाख २९ हजार ८९२ डलरको जरिवाना पनि गरेको छ ।

मालदिभ्सको फौजदारी अदालतका न्यायाधीश हसन सईदले आफ्नो आदेशमा अदिबले सरकारी अधिकारको दुरूपयोग तथा आर्थिक अपचलन गरेको बताएका छन् ।

अदिबले सरकारी अख्तियारीको दुरूपयोग गर्दै ती टापुहरू बजारमूल्य भन्दा कम मूल्यमा बेचेको बताइएको छ । यसबाट सरकारलाई झण्डै २५९ मिलियन अमेरिकी डलरको नोक्सान भएको फैसलामा उल्लेख छ ।