१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प तीन दिनमै किन भए अस्पतालबाट डिस्चार्ज ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाशिङ्टन, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प निको नभइकनै डिस्चार्ज भएका हुन् ।

ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । तर, नजिकिदो राष्ट्रपतीय निर्वाचनका कारण ट्रम्प आफै अस्पताल बस्न नचाहेको बताइएको छ ।

अस्पतालबाट डिस्चार्ज भएसँगै अब राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ । यस्तै उनले अब छिट्टै नै चुनावी गतिविधि पनि शुरू गर्ने बताएका छन् । साथसाथै उनको उपचार पनि ह्वाइट हाउसमै हुने छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट डिस्चार्ज भएपछि उनले ट्विट गर्दै लेखेका छन्, ‘छिट्टै चुनाव प्रचार शुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’

अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।

आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित भएका थिए । त्यसले चुनावी कार्यक्रम प्रभावित भइरहेको छ ।