
काठमाडौं, २० असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारका लागि मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार आज देशका थोरै ठाउँमा हल्का पानी पर्ने छ ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज प्रदेश १ का थोरै तथा प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी प्रदेशहरुमा घाम लाग्दै बादल लाग्ने उउनले बताएकी छिन् ।















प्रतिक्रिया