२ कार्तिक २०८३, सोमबार

तातोपानी नाका आठ महिनापछि खुल्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुपाल्चोक, १९ असोज । नेपाल चीनबीचको तातोपानी नाका सञ्चालनमा आएको छ ।

माघ १४ गतेदेखि बन्द रहेको नाका आज सोमबारदेखि सञ्चालनमा आएको हो । बीचमा केही दिन सञ्चालन भए पनि नाका पुनः बन्द भएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जालमा अन्ततः चीन र नेपालको संयुक्त प्रयासबाट झ्याङमु (तातोपानी) नाका आजदेखि सञ्चालनमा आएको बताएकी छिन् ।

नेपालको तर्फबाट आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले नेतृत्वमा असोज ८ गते भएको छलफलबाट नाका खुल्ने वातावरण निर्माण भएको थियो । उक्त छलफलमा चीनको तर्फबाट महानिर्देशक पेङ गार्ङले नेतृत्व गरेका थिए ।

सो छलफलले रसुवागढी र तातोपानी दुवै नाका सञ्चालनमा ल्याउने सहमति गरेको थियो । सोही अनुसार आजदेखि तातोपानी नाका सञ्चालनमा आएको हो ।