सोमबार, १२ माघ २०७७
DainikNepal.com
सोमबार, १२ माघ २०७७

वि वि श्रेष्ठ २०७७ असोज १७ गते २१:१४


-वि वि श्रेष्ठ

शुस्केराको लम्वेतानले जीवन नै निरर्थक वनाए जस्तो ।

लाग्दछ, यहि सोचका वीचमा शुस्केराका निकटता धेरै नै छ । सोचको चेतनासँग तादात्मयता नमिल्दा निम्ताएको यो पल सधैभरि रहि रहनेछ र अमुल्य पलहरु यहि नै धुमिल हुनेछन् । रातको त्यो अध्यारो सधै रहिरहन्छ झै लाग्ने पलमा सोचको त्यो दरिद्ध्रताले साच्चै निरर्थक वाहेक केहि नभए जस्तो ।

अत्यासलाग्दो पलमा सार्थकता थप्ने प्रयत्न जीवनमा देखिने महत्वकांक्षाले ठुलो प्रभाव पारेको हुदो रहेछ । प्रकृतिको नियमनलाई समेत वुझन नसक्ने र त्यसको व्यवहारिक कार्यन्वयनमा तत्परता नदेखाउनु त्यसको कारक वन्दो रहेछ ।

दिन र रातको दैनिकी झै जीवनको दैनिक पनि स्थिर हुन नसक्ने सत्यतालाई ढाकछोप गरिरहदाँ त्यसले पार्ने प्रभावले जीवनको अमुल्यतालाई नै धुमिल वनाईदिने रहेछ ।

वातावरणीय सन्तुलन र असन्तुलनको निरन्तरताले जीवनको सोचमा पार्ने प्रभावलाई चिर्न सक्ने हैसियत नराख्दा कहिल्यै संसार नै जितेझै आभास हुने र कहिले खण्डहर हुने सोच मानव जातिको मस्तिष्कमा जरा गाडेर वसेको हुदोँ रहेछ ।

पृथकतामा रम्न कत्तिको सहज हुन्छ, भन्ने कुरा समेत सोच्न सक्ने ल्याकत नराख्ने हैसियतमा आम मानव जाति रहेको हुदोरहेछ ।

उज्यालो मात्र हुदैन भने झै जीवनमा पनि सधै खुशी र सुख प्राप्त हुदैन, त्यसले कालरात्रीको पनि सामना गर्नु पर्ने हुन्छ, यहि यथार्थ विहिनतामा अल्झेको जीवनले नैराश्यता, अपुर्णता शिवाय अन्य केहि दिन सक्ने रहेनछ । आदिमकाल देखि नै सृष्टिको निरन्तरतामा प्रकृतिले आफनो गति निरन्तर रुपमा अगाडी वढाईरहयो ।

जीवनका सार्थकता खोज्नदोे कार्यमा म भित्रको दुवै पक्ष नियाल्न नसक्दा नै हामी यति धेरै जीवनको वास्तविक मुल्य, मान्यता र सिद्धान्त वाहिर छौ । न्याय, समानता र आवश्यकता खोजी गर्ने कर्ममा विर्सिएको अर्को पाटोको जवसम्म हामीले पहिचान गर्न सक्दैनौ, जीवनको परिभाषा र म भित्रको म प्राप्त गर्न सकिदैन ।

प्रकृतिको यो निरन्तरतामा आम सजिव र मानव जातिले आफनो भुमिका प्रदान गरेता पनि त्यस भित्र जीवनको अर्थ भेटियो कि भेटिएन भन्ने कुराको वहस हुन सकेन । यहि नै जीवनको प्रश्न वनिदियो । यसकै उत्तरमा घोत्लिएको जीवनमा नैराश्यता शिवाय अन्य उपलव्धी हुन सकेन ।

आम होईन, खास वन्न का लागी पृथक कार्ययोजना र सोचका आवश्यकता पर्दछ, सोच एकातिर कर्म अर्कोतिर अनि आशा र अभिलाषा फरक राख्दा झन झन जीवनमा नैराश्यताले वास गरिदियो । जीवनका प्राप्ति र आवश्यकता के भन्ने कुरामा कहिल्यै घोत्लिन नसक्दा सतही सोचले उच्च महत्वकांक्षाको विजारोपण गरिदियो ।

आवश्यकता को पुर्णता के भन्ने कुरामा सोच्ने ल्याकत नराख्दा, संसारमा सवैभन्दा सर्वश्रेष्ठ प्राणीको उपमा पाएको मानव जातिले जीवनको औचित्य कति पुष्टि भयो भन्ने हेक्का राख्न सकेन । व्यक्ति केन्द्रित सोच र भौतिक सम्पति प्राप्ति नै जीवनको मुख्य उपलव्धताले जरा गाडेको मस्तिष्कले म भित्रको म लाई सोच्ने जरुरी ठानेन ।

धर्तिमा जन्मेपछि हरेक सजिव प्राणीको आफनो आफनो भुमिका र जिम्मेवारीता रहेको हुन्छ, त्यो जिम्मेवारिता र भुमिका मानव जातिको अव्वल नै रहने भयो ।

तर त्यो जिम्मेवारिता कति वहन भयो ? भुमिकाको खोजी कति भयो ? मानव जातिको उद्येश्य कति पुर्ण भयो ? यसको लेखाजोखा सायद कसैले गर्लान ?

वातावरणीय प्रभावको पनि कुनै निश्चित गति हुदैन, वायुमण्डलमा वहने हावाको पनि कुनै निश्चित मात्रा हुदैन, जन्म र मरणको पनि कुनै समान हुदैन भने जीवनमा सधै समान परिणाम खोज्नु मानव जातिका सवैभन्दा कमजोर पक्ष हो । कमजोरी सवैमा हुन्छ, तर त्यसलाई ग्रहण गर्ने सोच कस्तो हुन्छ भन्ने कुराले जीवनमा ठुलो प्रभाव पारेको हुन्छ ।

हामी त्यहि प्रभाव र अभावमा अल्मलिईरहेका छौ । यहि हेक्का विहिन जीवनमा घिस्रिने हरु केही सन्तुष्ट र खुशी देखिएता पनि त्यसले जीवनको अर्थ भने दिन सक्दैन ।

जो जीवनको गहिराईमा पुगेर अर्थ खोज्न थाल्दछ, उनिहरु भौतिक रुपमा सम्पन्न र खुशी हुन सक्दैन, किनकी त्यो वाटो हिड्न त्यति सहज हुदैन, कमैले मात्र त्यस भित्रको पटाक्षेप औल्याउने दुस्साहस गर्दछन् ।

सकारात्मक र नकारात्मक पाटो सृष्टिको हरेक जीव, प्राणी, वस्तुमा पाईन्छ । फरक यति मात्र हो कि कुन पक्ष सकारात्मक हो र कुन पक्ष नकारात्मक हो । यहि पक्षको उचित मुल्यांकन गर्न नसक्दा आम मानव जातिहरु जीवनको मान्यता भन्दा वाहिर रहने गर्दछन् ।

एक पक्ष देखिदै गर्दा अर्को पक्ष पनि लुकेको हुन्छ, देखिने पक्ष मात्र सक्षम र सवल हुन सक्दैन, देखिने पक्ष र आकारको लागी लुकेको पक्ष र आकारले महत्वपुर्ण भुमिका खेल्दछ, यहि एकमात्र सत्य हो ।

तर त्यो सत्यतालाई वुझन नसक्दा हामी एक पाखे वनिरहेका छौ, त्यहि एकपाखे सोचले जीवनमा सकारात्मक पक्षलाई ढाकिदियो । आम प्रवृत्ति यहि वनिदियो ।

रथ चल्नका लागी दुवै पाङ्गोको आवश्यकता पर्दछ, देखिएको पाखोको अस्तित्व नदेखिएको पाङ्गोको महत्वपुर्ण भुमिका हुन्छ, यहि नियम सृष्टिको हरेकतामा लागु हुन्छ ।

म भित्रको म मा भएको त्यो पक्ष पनि त्यहि हो, तर एक पक्षको मात्र उठान गरिरहदाँ अर्को पक्षको भुमिका नजरअन्दाज गरिदिदाँ आईपरेको समस्याले जीवन वन्धक वनेको हुन्छ, जसको हेक्का कमैलाई मात्र हुने रहेछ ।

जीवनका सार्थकता खोज्ने कार्यमा म भित्रको दुवै पक्ष नियाल्न नसक्दा नै हामी यति धेरै जीवनको वास्तविक मुल्य, मान्यता र सिद्धान्त वाहिर छौ ।

न्याय, समानता र आवश्यकता खोजी गर्ने कर्ममा विर्सिएको अर्को पाटोको जवसम्म हामीले पहिचान गर्न सक्दैनौ, जीवनको परिभाषा र म भित्रको म प्राप्त गर्न सकिदैन ।

प्रतिक्रिया
सम्बन्धित