प्रधानमन्त्री ओलीका ३ सल्लाहकार र स्वकीय सचिवमा कोरोना पुष्टि
काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी रहेका छन् ।
शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । चालकदेखि सबैको परीक्षण गरिएकोमा सचिवालयका ४ जनामा संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ ।
यस पटक प्रधानमन्त्री ओलीको परीक्षण नगरिएको अब भने उनको पनि परीक्षण गरिने जनाइएको छ ।















प्रतिक्रिया