२ कार्तिक २०८३, सोमबार

सोनियाद्वारा उत्तर प्रदेशमा बालिका बलात्कार र हत्याको विरोध, कारबाहीको माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १५ असाेज । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि हत्या भएकी युवातीको प्रहरीले जबरजस्ती जलाएको घटनाको निन्दा गरेकी छन् ।

कांग्रेस अध्यक्ष गान्धीले भनेकी छन्, ‘हाथरसकी निर्भयाको मृत्यु भएको होइन, उनलाई मारिएको हो।’

उनले सरकारलाई प्रश्न गरेकी छन्, ‘मृत्युपछि पनि मानिसको गरिमा हुन्छ । हाम्रो हिन्दू धर्मले मृत्युपछिको गरिमा बारे पनि भनेको छ । तर ती छोरीलाई अनाथ जसरी प्रहरीले बल प्रयोग गरेर जलायो ।’

राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगले उत्तर प्रदेश प्रहरीसँग हाथरसमा सामूहिक बलात्कार तथा राति शव जलाएको विषयमा जानकारी दिन नोटिस पठाएको छ ।

मानवअधिकार आयोगले यो विषयमा उत्तर प्रदेश प्रहरीलाई चार हप्ताभित्र जवाफ दिन भनेको छ ।