बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

ओली र दाहालबीच फेरि मतभेद, सरकार पुनर्गठन जटिल मोडमा

दैनिक नेपाल २०७७ असोज १२ गते ८:२३

काठमाडौं, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच सरकार गठनका विषयलाई लिएर फेरी मतभेद देखिएको छ ।

मतभेदकै कारण सरकार पुनर्गठन केही दिन पर सर्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबीच मापदण्ड र व्यक्तिलाई लिएर मतभेद देखिएपछि पुनर्गठन प्रक्रियामा समस्या देखिएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओली अहिले सरकारमा प्रभावकारी काम गरिरहेका र शीर्ष नेताहरुलाई निरन्तरता दिन चाहन्छन् भने दाहाल धेरै भन्दा धेरै नयाँ मन्त्री बनाउने पक्षमा देखिएका छन् ।

उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउने कि नबनाउने भन्नेमा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच फरक मत छ । दाहाल गौतम र श्रेष्ठलाई पनि समेट्नुपर्ने पक्षमा छन् । आइतबार दिनभर भएको छलफल निष्कर्षमा नपुगेपछि ओली र दाहालबीच आज पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित