बुधबार, ५ कार्तिक २०७७
DainikNepal.com
बुधबार, ५ कार्तिक २०७७

तौल घटाउन लागू गर्नुस् यी ४ घरायसी उपायहरु

दैनिक नेपाल २०७७ असोज १० गते १४:१६

काठमाडौँ । पछिल्लो समय तौल बढ्नु स्वस्थ जीवनको चुनौतीको रुपमा देखा पर्न थालेको छ । एक पटक तौल बढीसकेपछि घटाउन निकै कठीन हुने गर्दछ ।

तर शरीरमा अनावश्यक मासु लाग्नबाट बच्न भने सही खाना र नियमित व्यायाम गर्नु अत्यन्तै आवश्यक छ । तर, केही आयुर्वेदिक सुपर फुडले तीव्र गतिमा तौल कम गर्न मद्दत गर्ने र शरीरमा टोक्सिनको मात्रा कम गराउने दावी गरिन्छ ।

कागती र घ्यूसँग तातो पानी

पेरिस्ट्याल्सिसलाई सुधार्नका लागि घ्यू र कागतीका साथसाथै २०० मिलीलिटर तातो पानी सेवन गर्नुपर्छ । कब्जियतको समस्या भएमा र पाचन प्रणालीमा खराबी आएमा यो उपायले निकै मद्दत गर्छ ।

पाचक चिया

आजभोलि बजारमा विभिन्न प्रकारका आयुर्वेदिक चिया पाइन्छ । तर, घरमा नै चिया तयार गर्दा निकै फाइदाजनक हुन्छ । त्यसको लागि एक चम्चा जिरा, एक चम्चा सौँप, एक चम्चा धनिया, एउटा अलैँची र थोरै अजवाइनलाई ५० मिलिलिटर पानीमा आधा हुँदासम्म उमाल्ने र खाली पेटमा उक्त तयार भएको पानी पिउने गर्दा छिटो तौल कम हुन्छ ।

मेटाबोलिज्म चिया

मेटाबोलिज्म चियाका लागि दालचिनी, इलाइची, ल्वाङ, अदुवा, खुर्सानी, बेसार, स्टार ऐनिज जस्ता कुराहरुको मिश्रण गर्ने र सबै सामाग्रीलाई ५०० मिलीलिटर पानीमा उमाल्ने र त्यसलाई आधा हुँदासम्म उमाल्ने । यसको स्वाद बढाउन लागि कागती पनि मिसाउन सकिन्छ । यो चिया पिउँदा शरीरमा गर्मी र मेटाबोलिज्म ठिक हुन मद्दत पुग्छ ।

काँचो फलफूल

हर्बल चिया पिएपछि काँचो फलफूल खाने गर्नुपर्छ । यसको लागि रातो वा हरियो स्याउ, चेरी, स्ट्रबेरी, ल्ब्याकबेरी, अमला, भुँइकटहर, आधा पाकेको केरा , अनार आदि फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

यी फलफूलले शरीरमा पानीको अवरोध कम गर्नुका साथै जोर्नी र छालामा कोलेजनलाई बलियो बनाउँछ साथै तौल पनि घटाउन पनि मद्दत गर्छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित