बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

दैनिक नेपाल २०७७ असोज १० गते १४:००

काठमाडौँ, १० असोज । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतो रहेका छन् ।

महतो वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।

हाल पनि बाघ र शव एकै ठाउँ भएकाले बाघलाई हटाएर शव नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित