शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

चार्ली हेब्दोको नजिकै भएको आक्रमण आतंकवादी हमलाः फ्रान्सका गृहमन्त्री

दैनिक नेपाल २०७७ असोज १० गते ८:११

पेरिस, १० असाेज । फ्रान्सका गृहमन्त्री जेराल्ड डारमानिनले चार्ली हेब्दो पत्रिकाको पहिला कार्यालय रहेको स्थाननजिकै भएको आक्रमणलाई आतंकवादी आक्रमणका रुपमा लिइएको बताएका छन् ।

चक्कु प्रहारको उक्त घटनामा २ जना घाइते भएका छन् भने घटनास्थलनजिकैबाट पाकिस्तानी मूलका एक १८ वर्षीय व्यक्तिसहित अन्य चार जनालाई हिरासतमा लिइएको छ ।

गृहमन्त्री डारमानिनले आक्रमण स्पष्ट रुपमा इस्लामिक आतंकवादबाट भएको बताए । आक्रमणमा घाइते हुनेहरू एक टेलिभिजन प्रोडक्सन कम्पनीमा काम गर्नेहरू हुन्।

प्रतिक्रिया
सम्बन्धित