काठमाडाैं, ९ असाेज । रौतहट जिल्लाका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई गृह मन्त्रालयले कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ ।
भदौ ११ गते इलाका प्रहरी कार्यालय, गरूडाको हिरासतमा रहेका विजय चमारको मृत्यु प्रकरणमा प्रमुख खड्काको कमजोरी देखिएको भन्दै मन्त्रालयले उनलाई कारबाही गर्न सिफारिस गरेको हो ।
इलाका प्रहरी कार्यालय, गरूडाका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर कुमार महत्तोलाई पनि कारबाही गर्न सिफारिस भएको छ ।
दुबै जनालाई जिम्मेवारी पूरा नगरेको भन्दै कारबाही गर्न सिफारिस भएको छ ।











प्रतिक्रिया