२ कार्तिक २०८३, सोमबार

वरिष्ठ अधिवक्ता बाबरलाई गोली हानेर हत्या

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ९ असोज । भारतमा वरिष्ठ अधिवक्ता बाबर कादरीको गोली हानेर हत्या भएको छ ।

अधिवक्ता कादरीको श्रीनगरमा गोली हानेर हत्या भएको आजतकले जनाएको छ ।

कादरीले तीन दिन पहिले नै आफ्नो ज्यान खतरामा रहेको बताएका थिए । त्यस लगत्तै उनलाई गोली हानेर हत्या भएको छ । अधिवक्ता कादरीलाई हत्या गर्नुको कारण खुलेको छैन ।

अज्ञात हमलाकारीहरुले बिहीबार उनको गोली हानी हत्या गरेका हुन् । कादरीले मानवाधिकार उल्लंघनका कैयौँ घटनामा वकालत गरेका थिए ।

वरिष्ठ अधिवक्ता कादरीमाथि श्रीनगरको हवाल इलाकामा उनकै घर नजिक हमला भएको थियो ।

आफूलाई कश्मीर समर्थक बताउने उनी भारत विरोधी नरहेको बताउने गरेका थिए । कादरीलाई गोली कसले हानेको हो जिम्मेवारी कसैले पनि लिएको छैन ।