२ कार्तिक २०८३, सोमबार

साेभियालाई हराउँदै बायर्न म्युनिखले जित्याे यूईएफए सुपर कप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ असाेज । यूईएफए सुपर कपको उपाधि साेभियालाई हराउँदै बायर्न म्युनिखले शानदार रूपमा जितेको छ ।

सेभियालाई अतिरिक्त समयमा २-१ गाेलले हराउँदै बायर्नले सात वर्षपछि यो प्रतियोगिताको उपाधिमा कब्जा गरेकाे हाे । साेभिया चाैथाे पटक फाइनलमा पराजित भएकाे छ ।

हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरेका थिए । ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल १ १ को बराबरी भयो ।

निर्धारित ९० मिनेटमा एक-एकको बराबरी खेल अतिरिक्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्न विजयी भएको थियाे ।