२ कार्तिक २०८३, सोमबार

नेपाल-चीन सीमा : सहायक प्रजिअसँग स्पष्टीकरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, ९ असाेज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाको चलानी नम्बर २७९ को अत्यन्त जरुरी पत्रमा तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको छ।

सिमानाजस्तो संवेदनशील विषयमा मनलाग्दी स्थलगत भ्रमण गर्ने, सञ्चारमाध्यममा बोल्दै हिँड्ने गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो। शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्रमा के, कति कारणले सञ्चारमाध्यममा अभिव्यक्ति दिएको उल्लेख छ।

हमालले देशलाई अप्ठ्यारो पर्ने गरी कुनै कुरा नबोलेको प्रतिक्रिया दिएका छन्। ‘मैले लिमी उपत्यकाको लाप्चामा गरेको भ्रमणका आधारमा जे जस्तो देखें त्यही भनेको थिएँ’, हमालले भने। चीनले नेपालको सिमाना मिचेको विषयमा खासै विवाद आउने कुनै कुरा नबोलेको उनको भनाइ छ।

केही दिनअघि स्वास्थ्यसामग्री हस्तान्तरण कार्यक्रममा गएका हमालले चीनको सिमाना हिल्सा र लिमी उपत्यका हुँदै लिमीको लाप्चामा पुगेको बताए। उनले सिमकोट पुगेपछि नेपाली भूभागमा चीनका भवन निर्माण भएको बारेमा विभिन्न सञ्चारमाध्यममा जानकारी दिएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली लिमी उपत्यकाको लाप्चा र हिल्सा क्षेत्रको स्थलगत पुगेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।