शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्राेत नखुलेकाे १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित भारतीय र नेपाली पक्राउ

दैनिक नेपाल २०७७ असोज ८ गते ८:०४

निजगढ, ८ असाेज । बारा प्रहरीले स्राेत नखुलेकाे १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नक्कली नोटसहित बाराको बारागढी गाउपालिका ५ सिघासनी बस्ने २३ वर्षका बलिराम चौधरी र उनको बा.६४ प ९७०६ नम्बरको मोटर साइकलमा सवार भारत बिहार मोतीहारी जिला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमारलाई नक्कली नोटसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहरस्थित चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले दुबै जनालाई रोकेर चेकजाँच गर्दा सन्दिपले बोकेको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान बरामद गरेको थियाे ।

दुवै जनालाई अज्ञात ब्यक्तिले उक्त नोट दिएर उनीहरूसँग ३० थान मोबाइल खरिद गरेर गएको भन्ने कुरा खुल्न आएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित