शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

भारतका केन्द्रीय रेल राज्यमन्त्रीको काेराेनाबाट मृत्यु

दैनिक नेपाल २०७७ असोज ८ गते ७:४२

**FILE PHOTO** New Delhi: In this file photo dated Saturday, Sept. 21, 2019, Union MoS of Railways Suresh Channabasappa Angadi during a meeting, in Itanagar. Angadi passed away on Wednesday, Sept. 23, 2020. Earlier this month he was admitted to AIIMS in Delhi after he contracted coronavirus disease.(PTI Photo)(PTI23-09-2020_000273B)

नयाँदिल्ली, ८ असाेज । काेराेनाकाे संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ ।

६५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए । उनकाे बुधबार साँझ मृत्यु भएकाे हाे ।

उनी ११ सेप्टेम्बरमा कोरोना पोजिटिभ भएको थियाे । उनी आफैँले ट्विट गर्दै संक्रमित भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।

अंगडी सन् २००४ देखि लगातार लोकसभाका लागि निर्वाचित भएका थिए। उनी १७औँ लोकसभाका लागि कर्नाटकको बेलगाम क्षेत्रबाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया
सम्बन्धित