शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वर्षासँगै पाल्पामा पहिरोले दुई घर पुरियो, उद्धारमा खटियाे प्रहरी

दैनिक नेपाल २०७७ असोज ८ गते ७:०९

फाइल तस्वीर

तानसेन, ८ असोज । पाल्पा जिल्लामा पहिरोका कारण बेलौजामा दुई घर पुरिएको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजा बस्ने हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सन्तोष भट्टराईले जानकारी दिए ।
पहिरोका कारणले घर पुरिएपछि मानवीय क्षति भएको हुन सक्ने आशंका प्रहरीको छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख आफै टोलीको कमाण्ड खटिएको छ ।

यसैबीच, पाल्पाको सिद्धार्थ राजमार्गस्थिति बगनासकाली गाउँपालिका–५ ठाँटी र रम्भा गाउँपालिका–३ जामुनेमा पहिरो झरी बर्तुङ– राम्दी सडकखण्ड अवरोध भएको छ ।

सडक डिभिजनसंग समन्वय गरी सडक खुलाउन पहल भैरहको छ ।

प्रतिक्रिया
सम्बन्धित