बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

उपाध्यक्ष गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

दैनिक नेपाल २०७७ असोज ८ गते ६:३६

काठमाडौं, ८ असाेज । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले वामदेवको मनोनयमा संवैधानिक प्रश्न उठाएसँगै तत्कालका लागि कुनै संवैधानिक काम नगराउन आदेश दिएसँगै तत्काल मन्त्री बन्ने सपना टरेको हो ।

अब उनको मनोनयनविरुद्धको रिटको सुनुवाइ १४ असोजमा हुनेछ । राष्ट्रपतिले विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन ठीक छ कि छैन भन्ने विषय संवैधानिक इजलासमा परीक्षण हुनेछ ।

संर्वोच्चमा राष्ट्रिय सभा सदस्य मनोनयनको विवादको विषय पहिलो पटक परेको हुँदा संवैधानिक व्याख्या हुनेछ ।

संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गर्नुपर्ने भएकाले सो विषयमा संवैधानिक व्याख्याका लागि संवैधानिक इजलासमा सुनुवाइ गर्नुपर्ने हुन्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित