शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सर्वाेच्चमा बुधबार वामदेवविरुद्ध परेको रिटउपर सुनुवाइ हुने

दैनिक नेपाल २०७७ असोज ७ गते ११:१०

काठमाडाैं, ७ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयन तथा उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिटउपर आज पेसी चढेको छ।

अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको अलग-अलग रिटउपर बुधबार पेसी चढेको हो।

ती मुद्दा सर्वोच्च अदालतको ६ नम्बर एकल इजलाशमा छ। उक्त इजलाश हेर्ने न्यायाधीश आनन्दमोहन भट्टराई हुन्।

प्रतिक्रिया
सम्बन्धित