शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बुधबारदेखि साझा यातायातका लामो दूरीका बस सन्चालन

दैनिक नेपाल २०७७ असोज ७ गते ८:३५

काठमाडाैं, ७ असाेज । बुधबारदेखि साझा यातायातका लामो दूरीका बस सन्चालन भएका छन्।

बुधबार साँझदेखि बस सेवा शुरू हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडाैं-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा बस चल्नेछ।

सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्नेछ।

यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित