शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

लुइस सुवारेजले बार्सिलोना छाड्ने

दैनिक नेपाल २०७७ असोज ७ गते ७:४७

Barcelona’s Uruguayan forward Luis Suarez reacts during the Spanish Super Cup semi final between Barcelona and Atletico Madrid on January 9, 2020, at the King Abdullah Sport City in the Saudi Arabian port city of Jeddah. – The winner will face Real Madrid in the final on January 12. (Photo by Giuseppe CACACE / AFP) (Photo by GIUSEPPE CACACE/AFP via Getty Images)

लण्डन, ७ असाेज । लुइस सुवारेजले बार्सिलोना छाड्ने भएका छन् ।

उनी बार्सिलाेनाकाे प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त सम्झौतामा अड्को थापेका थिए । उनी सुवारेज प्रतिद्वन्द्वी क्लबमा गएको चाहँदैन थिए ।

एथ्लेटिकोले ३३ वर्षीय उरुग्वेन खेलाडीका लागि मात्र ४० लाख युरो खर्चिनु पर्नेछ । एथ्लेटिकोमा सुवारेजले बार्सिलोनामा कमाइरहेको वार्षिक ३ करोडभन्दा आधा मात्र तलब पाउनेछन् ।

उनले २८३ खेलमा १९८ गोल गरे । उनी सन् २०१४ मा लिभरपुलबाट ७.४ करोड पाउन्डमा क्लब भित्रिएका थिए ।

यस क्रममा उनले क्लबलाई ४ ला लिगा उपाधि, चार कोपा डेल गरे र च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहे ।

प्रतिक्रिया
सम्बन्धित