६ मंसिर २०८३, आइतबार

बुधबार देशका अधिकांश स्थानमा वर्षा हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असाेज । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको छत्तीसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। यो न्युन चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।