शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

दैनिक नेपाल २०७७ असोज ७ गते ६:४२

काठमाडौं, ७ असाेज । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र दाेस्राे वरीयताका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो । अवहेलना मुद्दाको औचित्य समाप्त भएपछि अदालतले तामेलीमा पठाउने निर्णय गरेको हो ।

१० मंसिर २०७४ को प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए । उनीहरूको अभिव्यक्ति सर्वोच्चको आदेशविपरीत भएको भन्दै १३ कात्तिक २०७४ मा अवहेलना मुद्दा दायर गरिएको थियो । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित