बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

चिनियाँ राष्ट्रपतिका आलोचकलाई भ्रष्टाचार मुद्दामा १८ वर्ष जेल सजाय

दैनिक नेपाल २०७७ असोज ६ गते १५:३०

हङकङ, ६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचक तथा पूर्व घरजग्गा व्यापारी रेन सिचियाङलाई भ्रष्टाचार आरोपमा १८ वर्षको जेल सजाय तोकिएको छ ।

बेइजिङ अदालतले सिचियाङलाई ’भ्रष्टाचार, घुसखोरी र सार्वजनिक कोषको अपचलनको लागि दोषी’ ठहर गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । उनलाई ४२ लाख युआनको जरिवाना पनि तोकिएको छ ।

राष्ट्रपति सीको आलोचना गर्दै एक लेख लेखेपछि उनी मार्च महिनादेखि बेपत्ता भएका थिए । उनले प्रत्यक्षरुपमा राष्ट्रपति सीको नाम नलेखे पनि उनले सीलाई आलोचना गरिएको बताइएको थियो ।

बेइजिङको नम्बर २ अदालतले रेनले १२ लाख ५० हजार घुसखोरी गरेको र ५ करोड सार्वजिन सम्पत्ति अपलचन गरेको स्वीकार गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार उनले स्वयं सबै आरोपहरु मा स्वीकार गरेका छन् र अदालतको फैसलाविरुद्ध कुनै अपिल नगर्ने जनाएका छन् । –बीबीसी

प्रतिक्रिया
सम्बन्धित