२ कार्तिक २०८३, सोमबार

नेकपाकाे सचिवालय बैठक बालुवाटारमै बस्ने, नयाँ मन्त्रीहरूबारे छलफल हुने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ असाेज । मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सचिवालय बैठक बस्दैछ।

बैठक मंगलबार दिउँसो १२: ३० बजे बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।