२ कार्तिक २०८३, सोमबार

पाकिस्तानका प्रधानमन्त्री खानको राजीनामा माग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेशावर, ६ असाेज । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरूद्ध विपक्षी दलहरू एकजुट भएर राजीनामा माग गरेका छन्।

उनीहरूले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन्। उनीहरूले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

विपक्षी दलहरूको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन्।

सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू सहभागी भएका थिए।

गठबन्धनमा आबद्ध दलहरूले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र वाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए।

गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रिक आन्दोलन राखिएको छ।

उनीहरूले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरू गर्ने तय गरेका छन्। आन्दोलन अक्टोबरदेखि हुने नेताहरूले बताएका छन्।

प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरू उनीहरूले लगाएका छन्।