
काठमाडौं, ५ असोज । काठमाडौंको ग्राण्डी अस्पतालमा एकजना वृद्धको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका–९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भदौ २ गते ग्राण्डी अस्पताल पुर्याइएको थियो । परिवारका ८ जनामा कोरोना संक्रमण भएका मध्ये उनकी श्रीमती र छोराको पनि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
अन्य ५ जना सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।















प्रतिक्रिया