काठमाडाैं, ५ असाेज । कोरोना संक्रमणका करण बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ।
सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन्।
आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुनेछन्। विमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ।











प्रतिक्रिया