बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कैलालीमा रोकीराखेको ट्रकमा एम्बुलेन्स ठोक्कियाे, तीन जना घाइते

दैनिक नेपाल २०७७ असोज ५ गते ८:४०

धनगढी, ५ असाेज । कैलाली जिल्लामा रोकीराखेको ट्रकमा एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ। दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

गोदावरी नगरपालिका-१ मा डोटीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ च २८७१ नम्बरको एम्बुलेन्स सडकमा रोकेको ना ६ ख २२१५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा डोटीको शिखर नगरपालिका वडा नम्बर ४ का ५० वर्षीया गौरीमाया महरा, ३६ वर्षीय नारायण महरा र २७ वर्षीय देवबहादुर महरा रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन्।

घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। तीनै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित