बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

भक्तपुरमा ६३ जना प्रहरीलाई काेराेनाकाे संक्रमण

दैनिक नेपाल २०७७ असोज ५ गते ७:३३

काठमाडाैं, ५ असाेज । भक्तपुरमा ६३ जना प्रहरीलाई काेराेनाकाे संक्रमण भएकाे छ।

महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे हाे।

वृत्तमा १३० प्रहरी कार्यरत छन्। सबैकाे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियाे।

६३ जनामा कोरोना पुष्टि भएकाे छ । काेराेना देखिएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

काेराेना देखिएका प्रहरीहरू उपचारका लागि बसेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित