२ कार्तिक २०८३, सोमबार

आईपीएलमा दिल्लीद्वारा पञ्जाब पराजित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ५ असाेज । आईपीएलकाे आइतबारकाे खेलमा दिल्लीद्वारा पञ्जाब पराजित भएको छ।

इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

पञ्जावले सुरुमा ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनायो । पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए।

दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराउन सफल भए। पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिए।

दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्‍यो। कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए।

मार्कुस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ५३ रन बनाएपछि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो।

अन्तिम ओभरमा मात्रै २५ रन बनाएका स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २० बलमा अर्धशतक पूरा गरेका थिए। कप्तान श्रेयस अयेरले ३९ र ऋषभ पन्तले ३१ रन बनाएका थिए।