बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उत्तरप्रदेशमा गर्भवती श्रीमतीकाे पेटमा धारिलाे हतियार प्रहार

दैनिक नेपाल २०७७ असोज ५ गते ६:४४

नयाँदिल्ली, ५ असाेज । भारतको उत्तरप्रदेशको बदायू जिल्लामा श्रीमानले छाेरी जन्माउन थालेकाे भन्दै आफ्नै गर्भवती श्रीमतीको धारिलो हतियारले प्रहार गरेर घाइते बनाएका छन् ।

पतिले महिलाकाे गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ । प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ ।

बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

हिरासतमा लिएपछि पन्नालालले झगडा भएको र रिसमा उनले हँसियाले उनलाई हमला गरेको कुरा स्विकार गरेका छन् । उनले जस्तो छाेरा वा छाेरी भनेर हेर्ने विषयमा श्रीमतीमाथि हमला नगरेको दाबी गरेका छन्।

पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृत्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएजा । मेरी श्रीमती सधैं मसँग झगडा गर्छिन् । शनिबार पनि झगडा भयो र रिसमा मैले हँसियाले उनलाई हानेँ । यसले उनी यति गम्भीर रुपमा घाइते होलिन् भनेर कल्पना गरेको थिइनँ ।’

पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए । डराएका पन्नालालले श्रीमतीलाई गर्भपतन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झगडा भयो र त्यसपछि पन्नालालले उनलाई घाइते बनाइदिए ।’

प्रतिक्रिया
सम्बन्धित