काठमाडौं, ४ असाेज । हत्कडीसहित चार जना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरीक्षक (असई)लाई निलम्बन गरिएको छ ।
कालीमाटी प्रहरीको घेरा तोडेर चार जना भागेका थिए । असइ वीरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र राठौरले जानकारी दिएका छन् ।
चोरी अभियोगमा पक्राउ गरिएका अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल हत्कडीसहित भागेका थिए ।











प्रतिक्रिया