६ मंसिर २०८३, आइतबार

काठमाडाैं जाँदै गरेकाे पेट्रोल बाेकेकाे ट्याङ्कर त्रिशूली नदीमा खस्याे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ४ असाेज । काठमाडाैं जाँदै गरेकाे पेट्रोल बाेकेकाे ट्याङ्कर त्रिशूली नदीमा खसेको छ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो।

खसेको ट्याङ्करमा आगलागी भएको छ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।