६ मंसिर २०८३, आइतबार

कैलालीमा महिला कर्मचारी बलात्कारकाे अभियाेगमा अधिकृत पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ४ असाेज । कैलाली जिल्लामा गाउँपालिकाका एक जना अधिकृत बलात्कारकाे अभियाेगमा पक्राउ परेका छन् ।

जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।