शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

ढिला नगरी सर्वोच्च अदालतको नयाँ न्यायाधीश नियक्तिकाे पक्षमा डोनाल्ड ट्रम्प

दैनिक नेपाल २०७७ असोज ४ गते ८:०८

न्युयाेर्क, ४ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि ढिला नगरी सर्वोच्च अदालतको नयाँ न्यायाधीशले शपथ लिउन् भन्ने चाहना रहेको बताएका छन् ।

सर्वोच्च अदालतकी वरिष्ठ लिबरल न्यायाधीश रुथ बाडर गिन्सबर्गको आइतबार बिहान ८७ वर्षको उमेरमा निधन भएपछि अमेरिकामा नयाँ न्यायाधीशको विषय राजनीतिक चर्चाको केन्द्रमा आएको छ ।

सो विषय आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावको प्रमुख मुद्दा बन्ने संकेत पनि देखिइसकेको छ।

बाडरको निधनपछि औपचारिक रुपमा प्रतिक्रिया दिँदै डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले जनताले राष्ट्रपति चुन्ने र राष्ट्रपतिले चुनेका न्यायाधीशलाई सिनेट मार्फत स्वीकृति प्रदान गर्ने प्रक्रियाको पक्षमा रहेको स्पष्ट पारे ।

उनले चार वर्षअघि चुनावको १० महिना अघि न्यायाधीश पद खाली हुँदा रिपब्लिकन पार्टी जुन अडान लिएको थियो अहिले उ त्यसबाट पछि हट्न नमिल्ने बाइडेनले बताएका छन् । तर ट्रम्पले भने कुनै पनि ढिलाई नगरी नयाँ न्यायाधीश नियुक्त गर्ने बताएका छन् ।

ट्रम्पले गिन्सबर्गको स्थान लिने नयाँ न्यायाधीशमा महिलालाई स्थान दिने र आउँदो हप्ता आफूले नाम प्रस्ताव गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित