बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँमा उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ को मृत्यु

दैनिक नेपाल २०७७ असोज ३ गते १६:४२

काठमाडौँ, ३ असोज । काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी उपत्यकामा ७ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, उपत्यकामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका ३ जना र काठमाडौँका २ जना रहेका छन् ।

उपत्यकामा शुक्रबार ८ सय ५९ जनामा संक्रमण देखिएको थियो ।

देशभर शनिबार थप १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित