बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

५९४ जनालाई मानपदवी, अलंकार र पदकबाट सम्मान (सूचीसहित)

दैनिक नेपाल २०७७ असोज ३ गते १२:१३

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति व्यत्तित्वहरुलाई सरकारले संविधान दिवसको अवसरमा सम्मान प्रदान गर्दै आएको छ ।

सोही अनुसार शनिबार सरकारले सार्वजनिक गरेको सूचीअनुसार ५९४ जनामध्ये ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गगर्न लागेको हो ।

घोषित सम्मान आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्ने छिन् । सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिने भएको छ भने यो वर्ष नेपाल रत्न कसैलाई पनि नदिइएको सरकारले जानकारी दिएको छ ।

यस्तै यो वर्ष १४ जना पत्रकार र दुई जना सञ्चारकर्मीलाई समेत सरकारले सम्मान गर्न लागेको छ । सम्मानको सूचीमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रतिकार्यका खटिनेहरुलाई पनि उल्लेख्य रुपमा समेटेको सरकारले बताएको छ ।

हेर्नुहोस् सम्मान पाउनेहरुको नामावली–


यो पनि पढ्नुहोस्–

सु-प्रसिद्ध प्रबल जनसेवा प्रथमबाट डा.रुइत सम्मानित, १४ सयभन्दा धेरै पदक वितरण

प्रतिक्रिया
सम्बन्धित