शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सु-प्रसिद्ध प्रबल जनसेवा प्रथमबाट डा.रुइत सम्मानित, १४ सयभन्दा धेरै पदक वितरण

दैनिक नेपाल २०७७ असोज ३ गते ९:१६

काठमाडाैं, ३ असाेज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।

सरकारकाे सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम डा. सन्दुक रुइतलाई दिइएको छ ।

प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु-प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन् ।

विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित