बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध

दैनिक नेपाल २०७७ असोज ३ गते ९:२५

न्युयाेर्क, ३ असाेज । अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने बताएका छन् ।

अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ एप्लिकेशनहरू टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको छ ।

ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।

यी एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो । दुवै चिनियाँ कम्पनीले सो आरोप अस्वीकार गरेका छन् ।

आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन् । त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित