११ कार्तिक २०८३, बुधबार

चितवनमा एक क्विन्टल गाजासहित दुई जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३ असाेज । चितवनमा एक क्विन्टल गाजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ आँपपानीका २५ वर्षीय दोर्जे तामाङ र २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले गाँजासहित ओसारपसारमा संलग्नलाई सार्वजनिक गरेको हो ।

भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट पाँच वटा बोरामा पोको बनाइ राखेको गाँजा बेवारिसे अवस्थामा फेला पारेको थियो ।

अनुसन्धान गर्दै जाँदा ओसारपसारमा संलग्न व्यक्तिलाई असोज १ गते राप्ती ५ भण्डारा चोकबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।