शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कलंकीमा स्कुटर दुर्घटना, युवतीकाे मृत्यु

दैनिक नेपाल २०७७ असोज ३ गते ९:०८

फाइल तस्वीर

काठमाडाैं, ३ असाेज । काठमाडाैंको कलंकीमा भएको दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ ।

शुक्रबार राति बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा काठमाडाैं मनमैजुकी २१ वर्षकी सन्जु भुजुको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भुजुको उपचारमा क्रममा कलंकीको शहीद मेमोरियल अस्पतालमा मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित