बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शहीद संख्या ८८ तर उपलब्धि खोइ ?

दैनिक नेपाल २०७७ असोज ३ गते ७:०९

काठमाडाैं, ३ असाेज । संविधान जारी भएको दिनदेखि नै तत्कालीन राजपा र फोरम आन्दोलित भए। संविधान संशोधनमा दबाब दिन मधेसकेन्द्रित दलहरू (तत्कालीन मधेसी मोर्चा) ले २०७२ साउन ३१ देखि आन्दोलन थाल्यो। २०७२ माघ २५ सम्म जारी रहेको सो आन्दोलनमा ८८ जनाको निधन भयो। आन्दोलनका क्रममा करिब सय जनाको अंगभंग भयो।

६ हजारजना घाइते भए। आन्दोलनका क्रममा राजपा र फोरमका करिब पाँच सय कार्यकर्तामाथि मुद्दा चल्यो। तीमध्ये अहिले अधिकांश मुद्दा फिर्ता भएका छन् भने केही मुद्दा फिर्ता हुने क्रममा छन्।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरीशचन्द्र लालको संयोजकत्वमा मधेसका आन्दोलनका क्रममा भएको क्षतिबारे छानबिन गर्न समिति गठन गरेको थियो। समितिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो।

तर प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन। सो प्रतिवेदन देउवा सरकारले सार्वजनिक त गरेन नै, हालको सरकारले पनि गरेको छैन। वर्तमान सरकारले पनि सो प्रतिवेदन सार्वजनिक गर्नेतर्फ कुनै चासो देखाएको छैन। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित