७ कार्तिक २०८३, शनिबार

थप ८७१ जना कोरोनामुक्त, निको हुनेको संख्या करिब ४४ हजार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । नेपालमा थप ८ सय ७१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ७१.१ प्रतिशत संक्रमित निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० जना पुगेको छ ।