शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

एकैदिन थप २ हजारभन्दा बढीमा कोरोना पुष्टि, ७ को मृत्यु

दैनिक नेपाल २०७७ असोज २ गते १६:३१

काठमाडौँ, २ असोज । नेपालमा थप २ हजार २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

हाल देशभर १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३ सय ९० जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित