शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाली भूमिमा नेपालको आफ्नै रेल, दिउँसोसम्म आइपुग्ने

दशैँ–तिहारपछि जनकपुर–जयनगर रेल सेवा नियमित सञ्चालनमा ल्याइने

दैनिक नेपाल २०७७ असोज २ गते ११:१०

काठमाडौं, २ असोज । शुक्रबारदेखि नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ ।

भारतमा निर्माण भएको रेल आज भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदै छ । जनकपुर–जयनगर चल्ने उक्त रेल आज दिउँसोसम्ममा जनकपुर आइपुग्ने बताइएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालको राष्ट्रिय झण्डा अंकित २ वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइन लागिएको हो ।

आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागको भनाइ छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने छ ।

(तस्वीर : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट लिइएको हो ।)

प्रतिक्रिया
सम्बन्धित