२ कार्तिक २०८३, सोमबार

भारत सरकारकी मन्त्री हरसिमरत काैर बादलले राजीनामा दिइन्

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २ असाेज । भारत सरकारले बिहीबार कृषि सम्बन्धित अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद समेत रहेकी हरसिमरत काैर बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी छिन्।

बीजेपीकी सहयोगी समेत रहेकी शिरोमणि अकालीले किसान विराेधी अध्यादेश ल्याएको भन्दै राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै मोदी क्याबिनेटमा झट्का लागेको छ।

बिहीबार जब लोकसभामा बिल पेश गरियो शिरोमणि दलका सांसद सुखबीर सिंह बादलले सदनमै विरोध जनाए। उनले मोदी सरकारलाई चुनाैती दिँदै भने, ‘हरसिमरत काैर बादलले मन्त्रीपदबाट राजीनामा दिनुहुनेछ।’ तर शिरोमणि अकाली दलले मोदी सरकारको समर्थन भने जारी नै राख्नेछ।

हरसिमरत काैर बादल केन्द्रीय खाद्य एवं प्रसंस्करण उद्योग मन्त्री थिइन्। राजीनामा पेश गर्दै हरसिमरतले भनेकी छिन्, ‘मैले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिएकी हुँ।’

उनले किसानको साथ बस्नु छोरी र बहिनीको रूपमा गर्व हुनु बताएकी छिन्। सुखबीर सिंह बादलले उक्त अध्यादेशको विरोध गर्दै यसले भारतका २० लाख किसानलाई प्रत्यक्ष असर पर्ने बताएका छन्।